पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने निर्णय - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने निर्णय



काठमाडौं ।

साेमबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवादकाे समाधान राजनीतिक सहमतिमा खाेज्नुपर्ने निष्कर्ष निकालेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे कार्यालयकाे बैठकमा यस्ताे निष्कर्ष निकालिएकाे हाे।

“राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हाे। यसलाई राजनीतिक सहमतिकै अाधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेकाे छ। शीर्ष नेताहरु बसेर सहमति खाेज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं” बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकाेमा खुसी व्यक्त गर्दै निर्वाचन अायाेग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियाेग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेकाे छ। साेमबार बसेकाे बैठकले बाम गठबन्धन बनाएर चुनावमा हाेमिदा परिणाम सकारात्मक अाएकाे भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमाेदन गरेकाे निष्कर्ष निकालेकाे छ। बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेकाे छ।

“जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमाेदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले राेकेर राेकिँदैन” प्रवक्ता भुसालले भनिन्।

समानुपातिकमा माअाेवादी केन्द्रकाे कम मत अाउनुमा ६०% स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फकाे व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेकाे पनि प्रवक्ता भुसालले जानकारी दिए ।