अध्यक्षसहित सिंगो माओवादी कमिटी नै एमाले पस्यो - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

अध्यक्षसहित सिंगो माओवादी कमिटी नै एमाले पस्यो



रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

शनिबार वडा नं. १० को बेबरीमा आयोजित एक कार्यक्रममा वडा नं. १० का नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष कलमबहादुर चौधरीको नेतृत्वमा सिंगो वडा कमिटी नैं एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।

यस्तै वडा नं. ७ बाट सागर थापा र वडा नं. ११ बाट बेमबहादुर बरालको नेतृत्वमा युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुले एमालेले संघीय, प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माण तथा तिलोत्तमा नगर सरकारले गरेका कामबाट आफूहरु प्रभावित भएकाले बताएका छन् ।

सो अवसरमा पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा नेता आशिष पाठक, नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेय,सचिव मिनप्रसाद पोखरेललगायतले अन्य पार्टी छाडेर आउनेलाई पार्टीले उचित व्यवस्थापन गर्ने बताएका थिए ।