माओवादी केन्द्रले बोलायो बैठक - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

माओवादी केन्द्रले बोलायो बैठक



काठमाडौं- नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दै गर्दा पनि संविधानविपरीत संसद विघटन गरेपछि राजनीतिमा तरंग आएको छ ।

माओवादी केन्द्रसहित प्रमुख राजनीतिक दल र नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षले संसद विघटन अस्वीकार गरी राजनीतिक तथा कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन् ।