जनमाेर्चाका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

जनमाेर्चाका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश



धनगढी, १० भदौ
शनिवार धनागढ़िमा एक कार्यक्रमको आयोजना गरी जनमोर्चाका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राष्ट्रिय जनमाेर्चाका सात नम्बर प्रदेशका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।

सङ्घीयता र गणतन्त्र मन परेर केन्द्रमा प्रवेश गरेको नेताहरूले बताएका छन् ।
उनीहरूलाई पार्टी अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, लेखराज भट्ट लगायतले पार्टी प्रवेश गराएका थिए।

जनमाेर्चाबाट माअाेवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुकाे नामावली

१) हरिकृष्ण कडायत, पार्टी जिल्ला सदस्य तथा बुद्धिजीवी केन्द्रीय सदस्य,
२) टंक सञ्याल, पार्टी जिल्ला प्रवक्ता, बुद्धिजीवी जिल्ला अध्यक्ष,
३) सुलाेचना कडायत, महिला सङ्गठन जिल्ला सदस्य,
४) पवित्रा सञ्ज्याल, संविधान सभा राजपा उम्मेदवार,
५) पदम मल्ल, बुद्धिजीवी जिल्ला उपाध्यक्ष, सहायक क्याम्पस प्रमुख,
६) प्रकाश पन्त, उपप्राध्यापक, बुद्धिजीवी नेता,
७) अम्वादत्त जाेशी, पार्टी नगर सचिव,
८) शंकरदत्त जाेशी, शिक्षक जिल्ला सदस्य,
९) गाेकर्ण जाेशी, अखिल छैटौ राष्ट्रिय परिषद् सदस्य,
१०) डम्वरदत्त जाेशी, जनमाेर्चा नगर सदस्य,
११) वीर बहादुर सिंह, पार्टी जिल्ला सदस्य।