माओवादी केन्द्रीय सदस्य चयन गर्न प्रक्रिया सुरू - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

माओवादी केन्द्रीय सदस्य चयन गर्न प्रक्रिया सुरू



काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ।

जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो।

बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो।

‘समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ,’ एक स्थायी समिति सदस्यले भने। समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ।

नेता वर्षमान पुन नेतृत्वको केन्द्रीय सदस्यमा समूहगत प्रतिनिधित्व गराउने बारे अध्ययन गर्न गठित समूहको सुझावबारे भोलि छलफल हुने उनले बताए।