माओवादीको राष्ट्रिय सम्मेलन नहुने, महाधिवेशनमा परिणत गर्ने बैठकको निर्णय - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

माओवादीको राष्ट्रिय सम्मेलन नहुने, महाधिवेशनमा परिणत गर्ने बैठकको निर्णय



काठमाडौं- नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नहुने भएको छ । पार्टीले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ ।

यहिआइतवारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा लैजाने भएको बताइएको छ ।

आज बसेको पार्टीको स्थायी कमिटिको बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको उनले बताए ।

माओवादीले राष्ट्रिय सम्मेलनको लागि सबै तयारी पुरा गरिसकेको छ । राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले यसलाई नै महाधिवेशनमा परिणत गर्ने भएको हो ।