माओवादीका प्रभावशाली नेता नेकपा (एस)मा
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पार्टी परित्याग गर्ने भएका छन् । नेता झाले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएकाले माओवादी केन्द्र परित्याग गर्न लागेका हुन् ।
नेता झा माओवादी केन्द्र परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको बताएका छन् । उनी केही दिनमै माधवकुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका छन्।
३० वर्षसम्म माधव नेपालसँगै काम गरेका नेता झा अन्तत माधव नेपाल सँगै फर्किने भएका हुन् । उनी एमालेमा छँदा नेपाल समूहकै नेता थिए। पछि एमाले छाडेर माओवादीमा प्रवेश गरेका थिए।
बाबुराम भट्टराईले नयाँ शक्ति गठन गरेपछि उनी पनि त्यसमै सामेल भएका थिए। भट्टराई र उपेन्द्र यादव सँगै जनता समाजवादी पार्टी (जसपा)मा सामेल भएपछि झा माओवादीमै फर्किएका थिए।