माओवादी मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

माओवादी मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला



वीरगन्ज । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले जन्मकैदको फैसला सुनाएको छ ।

हिन्दु युवा संघ बीरगन्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जन्मकैद भएको हो ।जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले चैत २० गते पर्सा जिल्ला अदालतको फैसलालाई उल्टाउदै कुशवाहालाई जन्मकैदको सजाए सुनाएको छ । जिल्ला अदालत पर्साले कुशवाहालाई काशी तिवारीको हत्या अभियोगमा सफाई दिएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा कुशवाहले नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको मेयर पदमा चुनाव जितेका थिए ।काशी तिवारीको करिब सात बर्ष अगाडि वीरगन्जको रानीघाटमा हत्या भएको थियो ।

हत्या अभियोगमा उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरेपनि उनी तत्कालिन समयमा नै जिल्ला अदालत पर्साबाट भने निर्दोष ठहरिएका थिए ।

खासगरी २०६७ सालको असारमा माओवादीले वीरगन्जमा गर्न लागेको आमसभालाई बिथोल्न काशी तिवारीले भूमिका निर्वाह गरेको माओवादी पक्षको आरोप थियो । वीरगन्जमा तत्कालिन माधव नेपाल नेतृत्वको सरकार बिरुद्ध अनसनमा बसेका बेला हिन्दुयुवा संघ र माओवादीबीच झडप हुने स्थिति सृजना भएपछि प्रहरीले लाठी चार्ज गर्दा एघारजना माओवादी नेता तथा कार्यकर्ता घाइते भएका थिए भने माओवादीले गर्ने भनेको बिरोध कार्यक्रम समेत बिथोलिएको थियो ।

कुशवाह माओवादी नेता प्रभु साहका नजिकका ब्यक्ति हुन् । काशी तिवारी हत्या अभियोगमा तत्कालिन समयमा प्रभु साहमाथि पनि आरोप लगाइएको थियो ।