माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ ।

वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि पार्टीको पुस ११ गते देखि १३ गतेसम्म भएको आठौं महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो ।