माओवादी केन्द्रले गर्यो यी तीन नेतालाई कारवाही
ललितपुर। माओवादी केन्द्रले पार्टी नीति विपरित गतिविधि गरेको भन्दै तीन जना नेतालाई कारवाही गरेको छ ।
विहिबार प्रचण्ड निवास खुमलटारमा बसेको हेडक्वाटर बैठकले पार्टीका बैचारिक नेता भनेर चिनिने गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।
तीन नेताले एमालेसँगको एकता प्रक्रियाका बेलामा पार्टी विरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउँदै निष्कासन गर्ने निर्णय गरेको एक हेडक्वाटर सदस्यले जानकारी दिए ।
पार्टीको निर्णयविपरीत कार्य गरेको भन्दै कार्यालय सदस्य लाेकेन्द्र विष्ट मगर, गोपाल किराती र विश्वभक्त दुलाल ‘अाहुति’लाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
उनका अनुसार अध्यक्ष प्रचण्डकै प्रस्तावमा तीन नेतालाई सुटुक्क कारवाही गर्ने निर्णय भएको हो । कारवाही गरेको विज्ञप्ती संभवतः केही दिनमा प्रकाशित हुनेछ ।
तीन नेतामध्ये आहुतीले एमालेसँगको ७ बुँदे सहमति हुनुभन्दा अघि नै आफू प्रचण्डसँग नरहेको घोषणा गरेका थिए भने किराती र मगरले एमालेसँगको ७ बुँदे सहमतिले माओवादी विसर्जन भएको प्रचण्ड नवसंशोधनवादी कित्ताामा पुगेको आरोप लगाएका थिए । तीनै नेताहरु जनयुद्ध दिवसको दिनमा मोहन बैद्य र नेत्र विक्रम चन्द विप्लवले गरेका कार्यक्रममा सहभागी भएका थिए ।
फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो ।
सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बसेको बैठकले तीन नेतालाई कारवाही गर्ने निर्णय गरेको हो ।