माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले र प्रदेश संयोजकद्वारा राजीनामा - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले र प्रदेश संयोजकद्वारा राजीनामा



काठमाडौँ, १५ माघ । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले पार्टीलाई आफ्नो राजीनामा दिएका छन् । न्यौपाने माओवादी केन्द्रका काठमाडौँ इन्चार्ज हुन् । उनीसँगै अर्का नेता माओवादीका ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीले पनि आफ्नो राजीनामा बुझाएका छन् । यति बेला यी दुई नेताले राजीनामा दिएको कुराले माओवादी हेडक्वार्टरमा खैलाबैला मच्चिएको छ ।

राजीनामा दिएको तर अहिलेसम्म पनि स्वीकृत नभएकाले पनि यो सूचना बाहिर निस्किएको छैन । माओवादीका एक नेताले दिएको सूचना अनुसार माओवादीका ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदी र काठमाडौँ जिल्लाका इन्चार्ज लेखनाथ न्यौपानेले राजीनामा पार्टी केन्द्रीय कार्यालयमा करिब एक महिनाअघि बुझाएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतामा असर हुने मनासयले बाहिर नआएको यो खबर माओवादीले नै गुपचुप नै राखेका छन् । करिब एक महिनाअघि दिएको राजीनामा अहिलेसम्म किन स्वीकृत या अस्वीकृत भएन भन्ने प्रश्नमा माओवादीका एक नेताले खबरडबलीसँग नाम नखुलाउने सर्तमा भने ‘पार्टी एकताका पनि कुरा चलिरहेको छ र अर्कोतिर राष्ट्रियसभा चुनावको पनि आइरहेको छ त्यसैले राजीनामालाई अध्यक्ष प्रचण्डले गुपचुप राख्नु भएको हो ।’

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकीलाई यसबारे जानकारी लिन खोज्दा उनले आफूलाई जानकारी नभएको बताए । मङ्सिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेश र काठमाडौँबाट राम्रो नतिजा नआएकाले राजीनामा दिएको भुझिएको छ ।