माओवादी केन्द्रका मन्त्रीहरुद्वारा राजीनामा दिने ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा राजीनामा दिने !



काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा रहेका माओवादी केन्द्रका बिनाविभागिय मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा रहेका सबै बिनाविभागिय मन्त्रीहरुले केहीछिनमा प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने मन्त्री जनार्दन शर्माले जानकारी दिए ।

उनले प्रदेसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए लगत्तै आफूहरु सरकारबाट बाहिर खोजेतापनि पार्टीको कारण बिनाविभागिय मन्त्रिको रुमा बसिरहेको पनि बताए । शर्माले भने, ”निर्वाचन सकिए लगत्तै हामीले राजनीनामा दिने सोच बनाएका थियौं । तर,पार्टीको कारण हामीले राजीनामा दिन सकेनौं । अहिले राष्ट्रियसभाको निर्वाचन लगत्तै नयाँ सरकार बन्दैछ । त्यसैले हामीले राजीनामा दिन लागेका हौं ।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको लागि वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका माओवादी केन्द्रका ८ मन्त्री र ८ राज्यमन्त्रीलाई बिनाविभागीय बनाएका थिए ।