माओवादी केन्द्रद्वारा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

माओवादी केन्द्रद्वारा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी



काठमाडौं। नेकपा माओजादी केन्द्रले आजै पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ ।

यसअघि पटक पटक छलफल भएपनि क–कसलाई पठाउने भन्ने निर्क्याेल भैसकेको छैन् । सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रका बीचमा कसले कुन–कुन मन्त्रालय लिने भन्ने समेत टुङ्गिन बाँकी रहेकाले आफुहरुका तर्फबाट नामको टुङ्गो लगाउनमा ढिलाई भएको जस्तो देखिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन ।

भुषालले भनिन ‘आज कमरेड प्रचण्ड र ओलीबीच छलफल हुन्छ र मन्त्रालयको भागवण्डा मिलाउँछ त्यसपछि हामी हाम्रा तर्फबाट नाम पठाउछौँ । ‘

माअाेवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने बारे छलफल चलिरहेकाे छ । तर अाैपचारिक रुपमा निर्णय भैसकेकाे छैन् ।

नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको स्रोतको दावी छ । सम्भवतः अाज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुनेछन् ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा छ ।