माओवादी केन्द्रबाट त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

माओवादी केन्द्रबाट त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित



धनगढी । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । आइतबार कैलाली सदरमुकाम धनगढीमा बसेको माओवादीका प्रदेशसभा सांसदहरुको बैठकले मुख्यमन्त्रीमा सिफारिस भट्टलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

यसअघि माओवादीको प्रदेश कमिटिले सांसद भट्टको नाम मुख्यमन्त्रीमा सिफारिस गरेपछि अर्का सांसद विरमान चौधरीले बागी उमेदवार उठाउने बताएका थिए । ‘‘प्रदेश इन्चार्ज लेखराज भट्टसहित बसेको सांसदहरुको बैठकले त्रिलोचन भट्टको नाममा गरिएको सिफारिस सर्वमान्य हुने निर्णय गरेको छ,’’ माओवादी सांसद महेशराज जोशीले बाह्रखरीसँग भने ।

मुख्यमन्त्रीको नाम सिफारिसपछि पार्टीभित्र विवाद देखिएपछि प्रदेश इन्चार्जसमेत रहेका प्रतिनिधिसभा सदस्य भट्टले आइतबार बिहान प्रदेशसभा सदस्यहरुको बैठक डाकेका थिए ।