माओवादीले गर्‍यो १७ केन्द्रीय र १४ स्थानीय नेतालाई कारबाही (नामावली सहित) - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

माओवादीले गर्‍यो १७ केन्द्रीय र १४ स्थानीय नेतालाई कारबाही (नामावली सहित)



काठमाडौं । काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक भर्चुवल माध्यमबाट बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि नेताहरूलाई गरिएको कारबाही र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

सोमबार बिहान बसेको बैठकले एमालेमा लागेका केन्द्रीय समितिका नेता र स्थानिय जनप्रतिनिधीलाई कारवाही गरेको बताइएको छ । माओवादी छोडी एमालेमा रहेका ति नेताहरुलाई स्पष्टिकरण सोधी आवश्यक निर्णय लिन २०७७ चैत १ र २ को वैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

त्यसै आधारमा प्रचण्डले राजनीतिक दल सम्वन्धी नियमावली २०७४ को नियम २२ अन्र्तगत निर्वाचन आयोगलाई समेत कारवाहीको जानकारी गराएपनि आयोगले त्यसलाई अभिलेखमा राख्ने र अध्यावधिक गर्ने काम नगरेपछि फेरि माओवादीले दोहोराएर केन्द्रीय समिति बैठक बसेर निर्णय लिएको हो ।

राजनीतिक दल सम्वनधी नियमावली को नियम २२ अनुसार निर्देश गरेवमोजिम यस पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी तथा सदस्यले माओवादी दलको प्रतिनिधित्व नगरी जानीजानी अन्य दल एमालेमा प्रवेश गरेर पार्टीको निति, विधि र विद्यान, निर्णय उल्लंघन गरेर अनुशासनहिन काम गरेकोले पाटीृले कारवाही गरेको माओवादी केन्द्रले निर्वाचन आयोगलाई यस अगाडी नै जानकारी गराउको थियो ।

राजनीतिक दल सम्वन्धी ऐन ०७३ को दफा ३१ को १ , २ र दफा ३२ को १ (ख) ले तोकिए वमोजिम माओवादी केन्द्र परित्याग गरेको सम्वन्धमा अध्यक्ष प्रचण्डले निजहरुलाई दल त्याग गरेकोमा सम्पूर्ण कारवाही गरिएकोमा आयोगले केन्द्रीय समितिकै निर्णय आवश्यक भएको जानकारी गराएपछि माओवादीले फेरि केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय लिएको हो ।

माओवादी केन्द्रले २०७४ को निर्वाचनमा पार्टीको टिकट लिएर चुनाव जितेका १४ जना स्थानिय तहका पदाधिकारीलाई गरेको छ ।

यी हुन् कारबाहीमा परेका नेताहरू

१) प्रमुख : रिनाकुमारी साह, मौलापुर नगरपालिका रौतहट
२) प्रमुख : शिवराम कुसुवाह, कटरिया नगरपालिका, रौतटह
३) उपप्रमुख : कर्निया देवी, देवाही कुर्नाही नगरपालिका रौतहट
४) उपप्रमुख : गौरीशंकर प्रसाद जयसवाल, मौलापुर नगरपालिका रौतहट
५) उपप्रमुख : शान्ति देवी,फतुवा विजयपुर नगरपालिका रौतहट
६) उपप्रमुख : विमल साह, माधव नारायण नगरपालिका रौतहट
७) उपाध्यक्ष : गितादेवी साह, यमुनामाई गाउँपालिका रौतहट
८) नगर कार्यपालिका सदस्य : सतहीलाल दास , लाहान नगरपालिका, सिराह
९) वडा अध्यक्ष : सुरेश कुमार थापा, चम्पादेवी गाउपालिका १, ओखलढुंगा
१०) अध्यक्ष : शेख थारु,सम्सी गाउपालिका महोत्तरी
११) उपप्रमुख : छायाँ देवकोटा, भजनी नगरपालिका कैलाली
१२) वडा अध्यक्ष , भागिरथी विष्ट, गौरीगन्जा नगरपालिका ४, कैलाली
१३) वडा अध्यक्ष , परमानन्द भटट, गोदावरी नगरपालिका १ कैलाली
१४) वडा अध्यष , पुरन विसि, वर्धगोरिया नगरपालिका ४ कैलाली

माओवादी कन्द्रले १७ जना केन्द्रीय नेतालाई पनि माओवादीले पार्टीमा अहिले कायम नरहेको भन्दै सोही अनुसारको अभिलेखीकरण राखिदिन निर्वाचन आयोगलाई पठाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिबाट कारवाही गरेर हटाएको जानकारी आयोगलाई दिने निर्णय लिएकाहरु-

१)रामवहादुर थापा, सचिवालय सदस्य
२) टोपवहादुर रायमझी केन्द्रीय स्थायी सदस्य
३) मणिचन्द्र थापा, स्थायी समिति सदस्य
४) लेखराज भटट, स्थायी समिति सदस्य
५) प्रभु शाह, केन्द्रीय सदस्य
६) टंक आडवुहाड, केन्द्रीय सदस्य
७) पासाड शेर्पा, केन्द्रीय सदस्य
८) दिनेश पन्थी केन्द्रीय सदस्य
९) दधिराम न्यौपाने, केन्द्रीय सदस्य
१०) गिरिधरीलाल न्यौपाने, केन्द्रीय सदस्य
११) लिलवहादुर थापा केन्द्रीय सदस्य
१२) दावा तामाड केन्द्रीय सदस्य
१३) टेकवहादुर वलम्पाखी, केन्द्रीय सदस्य
१४) विषमलाल अधिकारी, केन्द्रीय सदस्य
१५) मनोजजंग थापा, केन्द्रीय सदस्य
१६) नविन रोका मगर केन्द्रीय सदस्य
१७) ज्वाला शाह केन्द्रीय सदस्य