एमसीसी पास भएसँगै माओवादी विभाजन हुने, यी हुन असन्तुष्ट नेताहरू - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

एमसीसी पास भएसँगै माओवादी विभाजन हुने, यी हुन असन्तुष्ट नेताहरू



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् ।

आइतबार ट्विटरमार्फत नेता श्रेष्ठले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताएका हुन् ।

‘५ दलीय गठबन्धनमा अध्यक्ष क‍. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो ‘निर्णय’ प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ‚’ उनले लेखेका छन्‚ ‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’

श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका नेताहरू लीलामणि पोखरेल‚ देव गुरुङ‚ कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल लगायत नेताले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता गर्ने निर्णयमा असहमति जनाएको स्रोतले जानकारी दिएको छ ।