माओवादी केन्द्रले नेपालगञ्जमा पनि खोज्यो छुट्टै भाग - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

माओवादी केन्द्रले नेपालगञ्जमा पनि खोज्यो छुट्टै भाग



पाँच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा भागबण्डामा टुंगो लगाएपछि नेकपा (माओवादी केन्द्र)असन्तुष्ट बनेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकले भागबण्डामा टुंगो लगाएको थियो। पाँच दलिय सहमती अनुसार कांग्रेसको भागमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख र जनता समाजवादी पार्टी (जसपा) लाई उपप्रमुखको भागबण्डा परेको छ।

पाँच दलिय गठबन्धनले गरेको उक्त निर्णयप्रति नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले बुधबार असहमति जनाएको हो। केन्द्रीय गठबन्धन कार्यदलले गरेको निर्णय आफूहरुका लागि अव्यावहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओवादी केन्द्र नेपालगन्जले माग गरेको छ।

अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओवादी केन्द्रले उल्लेख गरेको छ। माओवादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाही र सचिव प्रेमबहादुर शाहले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन्।