सपथग्रहण रोकेर पूर्वमाओवादीबाट मन्त्री बनाउने छलफल गर्दै प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूको निर्धारित सपथग्रहण कार्यक्रम सारेर पूर्वमाओवादीबाट पनि मन्त्री थप्नेबारे छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरूलाई मन्त्री बनाउने बारेमा छलफल अहिले बालुवाटारमा चलिरहेको छ । केहि मन्त्रालय प्रधानमन्त्री आफैले समालेको हुँदा सबैलाई समेटेर लैजानेबारे उनी छलफलमा छन्। मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा बालुवाटारमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीले पूर्व माओवादीले सम्हाल्दै आएका केही मन्त्रालयमा जसपाका नेतालाई जिम्मेवारी दिएका छैनन् । ति मन्त्रालयमा उनीहरूलाई मिलाएर लैजानेबारे छलफल गर्नुपर्ने भएकाले सपथ समेत सारिएको छ ।
रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ । यी मन्त्रालयमा पूर्वमाओवादी नेताहरूलाई दिनेबारे छलफल भैरहेको बताइएको छ ।