माओवादीबाट उपप्रधान र गृहसहित बादलको नेतृत्व,यी नेताहरुको नाम छ चर्चामा !
काठमाडौं, फागुन ९ । वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी हुने बारे छलफल चलिरहेकाे छ । तर अाैपचारिक भैसकेकाे छैन् ।
अध्यक्ष प्रचण्डको निवासमा बसेको बैठकले उपप्रधानसहित गृहमन्त्रीका रूपमा थापाको नेतृत्वमा सरकारमा सहभागी हुनेबारे छलफल भएकाे बताइएको छ ।
नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्षद्वय ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको स्रोतको दावी छ । सम्भवतः अाज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुनेछन् ।
आफूले पद सम्हालेकै दिन एमाले र माओवादी दुवैतर्फका २–२ जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल गठन गर्ने ओलीको चाहना थियो । पार्टी एकता र राजकीय भूमिका तथा सरकारका समग्र विषयमा प्याकेजमै सहमति नभर्इ माओवादीले मन्त्रीको नाम नदिएपछि ओली ३ सदस्यीय मन्त्रीमण्डलमा सीमित रहे ।
माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा छ ।