माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘विनाविभागीय’ मा सार्ने तयारी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘विनाविभागीय’ मा सार्ने तयारी



असोज २९, काठमाडौं 

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘विनाविभागीय’ मा सार्ने तयारी गरेका छन्। शनिवार सपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो। संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन।

माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाए एक\दुई दिनभित्रै उनीहरूलाई विनाविभागीयमा सारेर उपप्रधानमन्त्री थापासहितका मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको छ। ‘सकभर माओवादीले नै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाओस् भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ’, स्रोतले भन्यो, ‘तर एक\दुई दिनभित्रै फिर्ता नभए विनाविभागीयमा सारेर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिने मनस्थितिमा पुग्नुभएको छ।’ माओवादी केन्द्रले भने सरकारलाई दिएको समर्थन र मन्त्री दुवै फिर्ता नहुने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहादल निवास लाजिम्पाटमा शनिवार बिहान बसेको पदाधिकारी बैठकलेयस्तो निर्णय लिएको छ।

बैठक सकिनेवित्तिकै दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटवार्तामा देउवाले मन्त्रीहरू फिर्ता बोलाउन आग्रह गरे भने दाहालले सरकारलाईदिएको समर्थन र मन्त्री दुवै फिर्ता नहुने जवाफ दिए। प्रतिपक्षी दलसँग गठबन्धन गरेपछि सरकारमा बसिरहने नैतिक आधार नभएको देउवाको तर्क थियो। दाहालले भने चुनावका लागि एमालेसँग तालमेल गर्ने भए पनि सत्ता गठबन्धनबाट नहट्ने अडान लिएका थिए।