मन्त्रीको टुङ्गो लगाउन सुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

मन्त्रीको टुङ्गो लगाउन सुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । शुक्रबार पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने जनाइएको छ ।

कार्यदलले आज बिहान सरकारका न्युनतम साझा कार्यक्रम गठबन्धनका शीर्ष नेतालाई बुझाएको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीको टुङ्गो लगाउने बताएका थिए ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्।