सर्यो माओवादी केन्द्रको बैठक: १० दिनपछि मात्रै बस्ने
काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । साउन २० गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक १० दिनपछि सार्ने निर्णय गरेको हो ।
आइतबार बसेको स्थायी समिति बैठकले केन्द्रीय कमिटी साउन ३० मा गर्ने निर्णय गरेको हो ।
माओवादीले पार्टीको वडा कमिटी साउन ३० गतेभित्र गठन गर्न मातहात कमिटीलाई निर्देशन दिएको छ । छ हजार सात सय ४३ वटा वडामा वडा कमिटी गठन गर्न आइतबार बसेको माओवादी सथायी समितिको बैठकले मातहातका कमिटिलाई निर्देशन दिएको छ ।
वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिन माओवादीले भनेको छ ।
केन्द्रीय कमिटी बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडा कमिटी गठनको विवरण लिएर आउन निर्देशन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।