माओवादी केन्द्रले डाक्यो स्थायी कमिटी बैठक: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

माओवादी केन्द्रले डाक्यो स्थायी कमिटी बैठक: के छन् एजेण्डा ?



काठमाडौं- लामो समयपछि नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयमा बैठक बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले बताए ।

पछिल्ला राजनीतिक घटनाक्रम, केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा स्थायी कमिटि बैठकमा छलफल हुने बताइएको छ ।

आइतबार मात्रै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो साताभित्रै राजनीतिमा फेरबदल आउने अभिव्यक्ति दिएका छन् ।

माओवादी केन्द्रले अघिल्लो साता मात्रै प्रतिपक्षमा रहेका दलहरूको नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बने पनि नबने पनि समर्थन फिर्ता लिने बताएको थियो ।