अनिश्चितकालका लागि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

अनिश्चितकालका लागि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ।

२८ र २९ माघका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यलयका मुख्यसचिव श्रीराम ढकालले बैठक स्थगित भएको जानकारी दिएका हुन्।

यससघि ८ माघमा बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक पनि स्थगित भएको थियो। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको बताउँदै पार्टी उक्त बैठक स्थगित गरेको थियो। केन्द्रीय समितिको बैठक स्थगित गरेर पार्टी पूर्व स्थायी समितिको बैठक बसेको थियो।

पार्टीको आठौं महाधिवेशन सकिए पनि पार्टीका पदाधिकारी, स्थायी समिति सदस्य, पोलिट ब्यूरो सदस्य र मनोनित केन्द्रीय सदस्य छनोट कार्य भने सम्पन्न भएको छैन। माओवादी केन्द्रका नेता वर्षमान पुनः चीनमा उपचरार्थ रहेको कारण उनी फर्किएपछि मात्रै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने ८ माघमा बसेको पार्टीको पूर्वस्थायी समितिका सदस्यले निणर्य गरेको थियो।

१० माघमा पुनः स्वदेश फर्किए पनि पार्टीले केन्द्रीय समितिको बैठक फेरी स्थगित गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषध्यक्ष गरी १४ पदाधिकारी चयन गर्न बाँकी रहेको छ। अन्य पदमा मोटामोटी सहमित जुटेको बताए पनि महासचिव पदका लागि भने नेताहरू पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुन, शक्ति बस्नेतलगायत नेताको नाम चर्चामा छ।