माओवादीमा असन्तुष्टि, महाधिवेश देखि छुट्टै आन्दोलनको बहस - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

माओवादीमा असन्तुष्टि, महाधिवेश देखि छुट्टै आन्दोलनको बहस



काठमाडौं । 

नेकपा एमालेसँग पार्टी एकताको तयारीमा रहेको नेकपामाओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । पार्टी एकताको बिरोध गर्दै नेताहरुले महाधिवेशको माग समेत गर्न थालेका छन् ।

पार्टीभित्र छलफल नै नगरी पार्टी एकीकरण गर्न लागिएको भन्दै नेताहरुले तिब्र असन्तुष्टि जनाएका हुन् । माओवाीको एक शीर्ष नेताका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्नुपर्ने भन्दै नेता गोपाल किराँतीले महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यलयमा पत्रसमेत दर्ता गरेका छन् ।

त्यस्तै नेता आहुतिले फरक कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भन्दै छुट्टै बहस सुरु गरेको बताएका छन् । पार्टी एकीकरणको प्रक्रिया र विचारबारे कुनै छलफल नै नगरी पार्टी एक भयो भन्नु कम्युनिष्ट आन्दोलनको बिघटन भएको नेता आहुतीले बताए ।

‘पार्टी एकीकरणको प्रक्रिया र विचारबारे कुनै छलफल नगरी एकैचोटि हामी एक भइसक्यौँ भन्नु भनेको कम्युनिस्ट आन्दोलनको विघटन हो,’ आहुतीले भने , ‘त्यसैले कम्युनिस्ट आन्दोलन बचाइराख्नुपर्छ भन्नेहरूबीच हामीले बहस सुरु गरेका छौँ । ’

खबर डबलीको सहयोगमा