माओवाद सकाएका प्रचण्डले काँग्रेस सकिदैछ भन्नु उपयुक्त नहोला की ?
कर्ण अधिकारी नुवाकोट।
नेपाली काँग्रेसको महासमिति बैठकमा उठेको हिन्दु धर्मका विषयलाई लिएर कमरेड प्रचण्डले तथानाम भन्दै अब काँग्रेस सकियो भन्न समेत पछि परेनन्।काँग्रेस र काँग्रेसका नेताहरूलाई गणतन्त्र,धर्म निरपेक्ष र प्रतिपक्षको भूमिका के हो भनेर सिकाउने प्रयास गर्दै थिए तर उहाँको यो दुर्भाग्य पूर्ण अभिव्यक्ति सँगै हिजोका दिनमा नेपाली काँग्रेसले राजनीतिक स्वतन्त्रता,संविधान निर्माण,धार्मिक स्वतन्त्रता र राजनीति स्थायीत्वका लागि खेलेको भूमिका भुल्नु पक्कै पनि राम्रो कुरा होइन।
नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दु धर्मका विषयमा कुरा उठ्नु स्वाभाविकै हो।९२ प्रतिशत ॐकार परिवार रहेको नेपालमा सनातन हिन्दु धर्मका विषयमा कुरा उठ्नुलाई आश्चर्य मान्नु पर्ने कुनै कारण केही देख्दिन।विगतमा डलरवादीहरूको पछि लागेर गिरिजा देखि केही माथिल्लो तहका काँग्रेसका नेताहरूले हिन्दु धर्मलाई लत्याउदै धर्म निरपेक्षमा सही धस्काई दिए।त्यो धर्म निरपेक्ष सीमित नेताको स्वार्थका लागि मात्र थियो।जनताको भावनालाई लात हानेको थियो।तर आज जनता बुझ्ने भई सके दुष्टहरूसङ लड्नका लागि जनता तयारी अवस्थामा छन्।त्यसैले कमरेड प्रचण्डले वर्तमान अवस्थालाई मध्यनजर गर्दै तर्सिएका मात्र हुन।कहिले राजा नाच्दा यिनी बहुँला बन्छन् त कहिले काँग्रेसले हिन्दु धर्म उठाउँदा।नेपाली जनता सनातन हिन्दु राष्ट्रका लागि लागि परी रहेका छन्।नेपालमा पश्चिमाहरूले कृष्चियन धर्मको प्रचार प्रसार गरी रहँदा काँग्रेसले हिन्दु धर्मका विषयमा कुरा उठाउनु सान्दर्भिक छ।
नेपाली काँग्रेसको सरकारले तिनै तहको निर्वाचन गरी सरकार चलाउने जिम्मेवारी वामपन्थीहरू दिई रहँदा २ तिहाइको सरकार गठन गरी सक्दा पनि अझै रुमलिएर काँग्रेसलाई नै दोषी देखाएर भ्रमको खेती गर्न खोज्नु उपयुक्त होला र ? नेपाली जनताको भावनालाई नै कुठाराघात गर्दै तस्करहरूको संरक्षण,कमिसनको चक्कर,कर असुलीमा चरम वृद्धि,भएका सुविधाहरूको कटौती,कर्मचारी कटौती,सुन काण्डलाई ढाकछोप गर्न तर्फ उन्मुख,डा.गोविन्द केसीको मागहरू प्रति गम्भीर नहुनु,मेडिकल माफियाहरूलाई फाइदा पुग्ने किसिमको स्वास्थ्य क्षेत्रको बिध्येक ल्याउन प्रयास गर्नु,माथेमा आयोगले ल्याएका बुँदागत कुराहरूलाई लत्याउनु,महँगीले आकाश छुनु,काँग्रेसले गरेको शान्तिपूर्ण आन्दोलनमा चरम रूपमा दमन हुनु,जनताले बोल्न र लेख्न पाउने कुराहरूमा प्रतिबन्ध लगाउने प्रयास गर्नु,विमान खरिद प्रकरणमा अनियमितता देखिनु,सञ्चार क्षेत्रमा प्रभुत्व कायम राख्नु जस्ता कुराहरूमा सरकार अगाडी बढ्नुले पनि देश समुनतको मार्गमा होइन उधो गतिमा लागेको प्रस्ट देखिएको छ।
कमरेड प्रचण्ड नेपालको राजनीतिमा चतुर खेलाडीका रूपमा चिनिएको कुरा सर्बबित नै छ।जसरी छेपारो रङ्ग फेर्न माहिर हुन्छ कमरेड प्रचण्ड पनि आफ्ना बोली र बिचारहरू फेर्न त्यति नै माहिर हुनु हुन्छ।१० वर्ष जनयुद्ध लडाएर जङ्गलबाट सहर भित्रिएका अझै भनौ सिंह दरबार भित्रिएका कमरेडले काँग्रेसलाई लोकतन्त्रको पाठ नसिकाएकै राम्रो।सत्ता र पदको मोह कस्तो हुन्छ भन्ने बारे पूर्ण रूपमा जानकार हुनु हुन्छ।काँग्रेससङको सहकार्यले छोरी जिताए,एमाले सँगको सहकार्यले आफै चुनाव जिते आखिर यिनलाई जसरी पनि जित्नु नै थियो।साम,दाम,दण्ड भेद लगाएरै भए पनि चुनाव जिती छाडे।गिरिजाबाबुले संसदीय प्रणालीमा छिराएका प्रचण्डले अहिले ठुला कुरा नगरेकै राम्रो।साँच्चै भन्ने हो भने काँग्रेसले नै यिनलाई सरकार चलाउने र प्रधान मन्त्री बन्ने ढोका खुला गराई दिएका थिए।
समय बदलियो कमरेड प्रचण्डको बिचार बदलिए १० वर्ष जनयुद्ध लडेर ल्याएका माओवाद र प्रचण्ड पथलाई बिच बाटोमा अलपत्र पार्दै केही सीमित स्वार्थ र फाइदाका लागि माओवाद बिचारलाई त्याग गर्दै एमाले सँगको सहकार्यमा नेपाल कम्युनिस्ट पार्टी गठन गरे आज त्यही वामपन्थी नेपाल कम्युनिस्टले दुई तिहाइको दम्भ देखाउँदै राज गरी रहेको छ।न त प्रतिपक्षको कुरा सुन्छन् न त जनताको नै।जनताले जुन सोच र अपेक्षा लिएर यिनीहरूलाई मतदान गरे आज त्यही जनताको भावना माथि खेलबाड गरी रहँदा जनताको मन त दुखी रहेकै छ।जाडो यसपालिको माघमा मात्रै होइन अर्को साल पनि आउँछ भन्ने हेक्का हुन जरुरी छ।नचाहिँदा र तथ्यहिन एजेन्डा राखेर जनताको मन जितेका राष्ट्रवादीहरूले न त घोषणा पत्र अनुरूप काम गरे न त जनतालाई नै सुख दिए।