मन्त्रिपरिषद्को आकस्मिक बैठक किन बोलाइयो ? - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक किन बोलाइयो ?



काठमाडौँ – आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहानै बस्नेगरी बैठक बोलाएको स्रोतले जनाएको छ ।

ओलीले मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएपछी मन्त्रीहरूमा सन्त्रास छाएको छ । सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषदकै बैठक सकेर निस्किएका प्रधानमन्त्री ओलीले एकाएक बैठक बोलाएपछि यस्तो अवस्था भएको हो ।

प्रधानमन्त्री ओली मन्त्रिपरिषदकै बैठक सकेर राष्टपति भवन शीतल निवास पुगेका थिए । त्यसपछि मंगलबार बिहानै बैठक बोलाउने ह्विप जारी गरिएको थियो ।

स्रोतले भन्यो “खाना उतै खानेगरी बैठक बोलाइएको छ । बैठक के बिषयमा भन्ने जनाकारी गराइएको छैन ।

विषादी जाँच्ने निर्णय फिर्ता भएसँगै ओली सरकारको चर्को आलोचना भइरहेको छ। नेकपाकै कार्यकर्ताहरुले नाकाबन्दीमा नझुकेका ओली विषादी प्रकरणमा भारतसँग झुकेको भन्दै चर्को आलोचना गरिरहेका छन्।

यहीबीचमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत् विवादास्पद अभिव्यक्ति दिएका छन् । जसको जनस्तरमा चर्को विरोध भइरहेको छ । रिमालको उक्त ट्विटले सकारविरूद्ध पार्टी भित्र र बाहिरबाट भएकाे घेराबन्दीप्रति आक्रोश पोखेका रूपमा लिइएको छ।

एकपछि अर्को आलोचना र घेराबन्दीमा सरकार परिरहेका बेला प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई मंगलबार बिहान बालुवाटारमा बोलाएका हुन्।