मन्त्रिपरिषद् हेरफेरको तयारी - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मन्त्रिपरिषद् हेरफेरको तयारी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गति दिन तथा सरकारप्रति जनताको सकारात्मक धारणा वृद्धि गर्न आफूले नेतृत्व गरेको सरकार गठन भएको २० महिनापछि दसैँ तिहार लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना बनाएका थिए।

कामको आधारमा मन्त्रीहरुको मूल्यांकन गरेर सन्तोषजनक काम गर्न नसकेका मन्त्रीहरुलाई बाहिर पठाएर पार्टीका उर्जाशील सांसदहरुलाई समावेश गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजना प्रधानमन्त्री ओलीको थियो।

यसमा नेकपाका अध्यक्ष प्रचण्ड असन्तुष्ट रहे पनि मंसिर १४ को उप निर्वाचनपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका खबर आजको साँघु साप्ताहिकले छापको छ।

ओलीको पछिल्लो स्वास्थ्य स्थिति र उपचुनावको कारण तत्कालका निम्ति मन्त्रिपरिषद्को पुनर्गठन पछाडि सकेको छ।

उपचुनावको मुखमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा सरकारबाट बाहिरिनेहरुले चुनावमा असहयोग गर्न सक्ने आशंका प्रधानमन्त्री ओलीलाई छ।

खास गरेर कास्की २ मा स्वर्गीय रवीन्द्र अधिकारीले प्राप्त गरेको भन्दा बढी मत उपचुनावमा पार्टी उम्मेदवारले प्राप्त गर्नुपर्छ भन्ने आग्रह प्रधानमन्त्री ओलीको छ।

दह्रो आत्मवल भएका प्रधानमन्त्री ओली चुनावको संघारमा बिग्रिएको स्वास्थ्य अवस्थालाई समेत बेवास्ता गरेर चुनावको कमाण्ड समाल्न तयार भएका छन्।