मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्डले मुख खोले !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान मात्र प्रधानमन्त्रीसँग कुराकानी भएको थियो ।
‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्यो भने केही हेरफेर हुनसक्छ ।
तर, अहिले हतारो छैन’ बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भनेका छन् ।