प्रचण्डसँग परामर्श लगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श लगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सोमबारका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि बैठक बोलाएको बुझिएको छ । बैठक सोमबार साँझ ५ बजे बोलाइएको छ ।
बैठकले केहि राजनीतिक नियुक्ति तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने स्रोतले जानकारी दियो ।
प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिएको छ । उर्जामन्त्री वर्षमान पुनले घिसिङको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेछन् ।
त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।