मन्त्रीमण्डल पुनर्गठन विरुद्धको मुद्दा बमकुमारको एकल इजलासमा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

मन्त्रीमण्डल पुनर्गठन विरुद्धको मुद्दा बमकुमारको एकल इजलासमा



काठमाडौं- कामचलाउ सरकारको हैसियतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाई हुने भएको छ ।

अघिल्लो शुक्रबार गरिएको मन्त्रिपरिषद बिस्तार असंवैधानिक भन्दै दायर भएका रिटहरू सर्वोच्च अदालतको आजको इजलासमा पेश भएका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा सोसम्बन्धी दुईवटा मुद्दा पेश भएको हो ।

सर्वोच्चको इजलास नं.१० मा रहेको श्रेष्ठको एकल इजलासको क्रमसंख्या ९ मा अधिवक्ता लोकेन्द्रबहादुर ओली र क्रमसंख्या १२ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई समेत विपक्षी बनाई दायर रिटमा उत्प्रेषणको आदेश माग गर्दै पुनर्गठन बदरको माग गरिएको छ ।