मन्त्रीको आँखा नियुक्तिमा: गर्न थाले बार्गेनिङ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मन्त्रीको आँखा नियुक्तिमा: गर्न थाले बार्गेनिङ



संघीयता कार्यान्वनयका महत्त्वपूर्ण काम थाती राखेर सरकारकार मन्त्री नियुक्तिमा व्यस्त हुन थालेका छन् । विभिन्न मन्त्रालय मातहतका सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक नियुक्ति दिलाउने भन्दै मन्त्रीहरूले ‘बार्गेनिङ’ गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्टको चौथो पृष्ठमा यो खबर छ ।

विभिन्न मन्त्रालयले आफूमातहतका निकायका कार्यकारी प्रमुख, महाप्रबन्धक तथा सदस्यसचिव नियुक्त गर्न १५ दिने सूचना जारी गर्नुपर्ने प्रावधानलाई मिचेर सातदिने सूचना प्रकाशन गर्दै आफू निकटलाई नियुक्ति दिलाउन प्रयास थालेका छन्। मन्त्रीहरूले आफूनिकटका व्यक्तिको सूची दिँदै नियुक्तिसम्त्रन्धी प्रस्ताव तयार पार्न मन्त्रालयका सचिव, सहसचिवलाई निर्देशन दिन थालेपछि प्रशासनिक अधिकारी तनावमा छन् ।