ओलीको साथ छोडेर केहि मन्त्रीहरू प्रचण्ड-नेपाल समुहमा फर्किने - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ओलीको साथ छोडेर केहि मन्त्रीहरू प्रचण्ड-नेपाल समुहमा फर्किने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका केहि मन्त्री प्रचण्ड-नेपाल समुहमा फर्कने तयारी गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलासा गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको र आफूसँग वार्ता भैरहेको प्रचण्डले खुलासा गरेका हुन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् ।

उनले ओली झन् निरंकुशतातर्फ अघि बढिरहेको बताए । उनले ठोरीलाई वास्तविक अयोध्या प्रमाणित गर्न चुनौती पनि दिए ।

कार्यक्रममा ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई खुट्टा नकमाउन चेतावनी पनि दिएका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा सदाभन्दा बढ्ता नै आक्रोशित देखिएका प्रचण्डले भने, “निर्वाचन आयोग खुट्टा नकमाऊ !”

उनले निर्वाचन आयोगलाई दबाब नदिएको बताए । प्रचण्डले भने, “हामीले निर्वाचन आयोगलाई के भनेको छ र ? खुट्टा नकमाऊ भनेको त हो ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ठगीधन्दा चलाएको र ७० वर्ष लडेर ल्याएको लोकतन्त्र, संविधान मास्न खोजेको आरोप लगाए । प्रचण्डले ओलीले निर्वाचन आयोगलाई धम्की दिएको समेत बताए । “७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि घात गर्न खोज्ने र उसैले धम्की दिने ?,” उनले प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।