मन्त्री रेणु यादवविरुद्ध जाहेरी: ५ वर्ष कैद र ५० हजार जरिबाना माग
काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मन्त्री यादवले हत्या गर्ने धम्कीसहितको भाषण गरेको विषयमा उनीविरुद्ध उजुरी परेको हो ।
मन्त्री यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै कांग्रेस नेता रञ्जित कर्णले प्रहरीमा जाहेरी दिएका छन् ।
मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै कांग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् ।