रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर्न विश्वप्रकाशको माग - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर्न विश्वप्रकाशको माग



काठमाडौं- हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस महासचिव विश्वप्रकाश शर्माले सुझाव दिएका छन्।

कोरोना संक्रमणपछि घरमै आइसोलेशनमा बसेका महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत यातायातमन्त्री यादवले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएकाले पदमुक्त गर्न उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।

उनले यादवले भूल स्वीकार गरी क्षत्मा याचना गर्नुपर्ने वा सम्बन्धित पार्टी (जनता समाजवादी) ले नै राजीनामाका लागि पहल गर्नुपर्ने बताएका छन्।

मन्त्री यादवले ५ माघमा रौतहटको गौरमा आयोजित एक कार्यक्रममा व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकी थिइन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै ‘गौर काण्ड’ दोहोर्‍याउने चेतावनी दिएकी थिइन्।