पाँच जना मन्त्री थपिए, साँझ ७ बजे सपथ गराइने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पाँच जना मन्त्री थपिए, साँझ ७ बजे सपथ गराइने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार ५ नयाँ मन्त्री थपेका हुन् । नयाँ मन्त्रीहरुको आजै साँझ सात बजे शपथ हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै प्रभु शाहलाई श्रममन्त्री बनाएका छन् भने ऊर्जामा टोप बहादुर रायमाझीलाई पठाएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दाबा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएको स्रोतले जनायो।

मन्त्री बनेका प्रभु शाह प्रचण्ड-नेपाल पक्षमा लागेका भएपनि माधवकुमार नेपाललाई अध्यक्ष बनाएपछि असन्तुष्ट व्यक्त गर्दै ओली पक्षमा गएका हुन् ।

यस अघि प्रचण्ड र नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिएका थिए ।