सचिवले मन्त्रीलाई भने: 'मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने?' - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सचिवले मन्त्रीलाई भने: ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने?’



काठमाडौं- ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने? जे मन लाग्यो, त्यही भन्ने?’

यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईं बिर्सिंदै हुनुहुन्छ!’

तर, जबाफ आयो, ‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ के गर्नुपर्छ, मैले पनि जान्या छु!’

बहिर्गमित मन्त्रीका ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर गतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको खबर जनआस्था साप्ताहिकले छापेको छ।

रघुवीर महासेठको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन्।

राजेश्वर रघुवीरका विश्वास पात्र हुन्। नवलपरासी घर भएका राजेश्वरले प्रधानमन्त्री कार्यालयमा हुँदा स्मार्ट लाइसेन्स छपाईको काम गर्ने कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सको लोकल एजेण्ट सुवोध त्रिपाठीसँग साँठगाँठ भएका कारण राज्यलाई हानी नोक्सानी पुर्याउने मतियारको रुपमा काम गरेको कर्मचारीहरु बताउँछन्।

सिँचाइ मन्त्रालयदेखि नै अकुत सम्पत्ति आर्जन गरेको विषयमा राजेश्वरको सम्पत्ति छानविन गर्नुपर्ने माग उठ्ने गरे पनि अख्तियार र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छुनसमेत सकेको छैन।

अहिले मन्त्रीसँग ठाकठुक परेपछि राजेश्वर काठमाडौँ महानगरपालिका जाने योजनामा छन्।