अब मन्त्रीहरु प्रधानमन्त्रीको निगरानीमा - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

अब मन्त्रीहरु प्रधानमन्त्रीको निगरानीमा



काठमाडौं। प्रधानमन्त्री कार्यालयले मन्त्रालय तथा मन्त्रीहरुको कामलाई प्रभावकारी बनाउन अनुगमन गर्ने भएको छ ।

कुनै पनि मन्त्रालयको जिम्मेवार मन्त्री र सम्बन्धित मन्त्रालयले गर्ने कामको पनि प्रधानमन्त्री कार्यालयले अनुगमन गर्ने भएको हो । मन्त्रीले आफ्नो मातहतका निकाय, विभाग, महाशाखा, शाखालगायतको अनुगमन गर्ने, नियम निर्देशिका बनाउने, कार्यान्वयन गर्न निर्देशन दिने लगायतका अनुगमन गर्ने गर्दछन् ।

अब प्रधानमन्त्री कार्यालयले भने ती सबै काम ठिक ढंगले भएका छन् कि छैनन् भनेर अनुगमनको पनि अनुगमन सुरु गर्न लागेको हो । अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रक्रियासमेत अघि बढाएको छ । –राजधानी दैनिकबाट