संस्कृति मन्त्रीले फेरी बाँडे ६० करोड - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

संस्कृति मन्त्रीले फेरी बाँडे ६० करोड



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन्।

आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवर्द्धन कार्यक्रमअन्तर्गत ‘पुँजीगत अनुदान’का नाममा अन्धाधुन्ध रकम वितरण गरेको समाचार कान्तिपुर दैनिकमा छ।

विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो। रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र निकट कलाकार, साहित्यकाका नाममा खुलेका संस्था र प्रतिष्ठान छन्।