पर्यटन मन्त्री कसलाई बनाउने भन्ने नेकपाभित्र चलखेल सुरु - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पर्यटन मन्त्री कसलाई बनाउने भन्ने नेकपाभित्र चलखेल सुरु



काठमाडौँ – आफ्ना नेता एवं संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी निधनपछि उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारेको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु जुटेका छन्।

पर्यटनमन्त्री अधिकारीको बुधबार ताप्लेजुङमा हेलीकप्टर दुर्घटनामा ज्यान गएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा पर्यटन मन्त्रीबारे केहीबेर छलफल भए पनि समय अभावका कारण फेरि छलफल गर्ने गरी शीर्ष नेताहरु छुट्एिको स्रोतले बतायो ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए । उनीहरुको शव नेपाली सेनाले उद्धार गरि काठमाडौँ ल्याउँदै छ।

पार्टीको एकता प्रक्रियालाई कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे छलफल गर्ने उद्देश्यसहित दुई दिन अघि बैठक तय भएको भए पनि बिहीबार खासगरी बुधबार पर्यटन मन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारे छलफल भएको स्रोतले बतायो ।

यसैबीच बैठकले पर्यटनमन्त्री अधिकारीको शोक प्रस्ताव पारित गरेको छ ।

मुलुकभरका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने तथा फागुन २३ गते पार्टी कार्यालयस्थित धुमबाराहीमा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने निर्णय बैठकले गरेको छ।