मन्त्रीहरुको पनि सम्पत्ति छानबीन हुनुपर्छ :मन्त्री खनाल - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मन्त्रीहरुको पनि सम्पत्ति छानबीन हुनुपर्छ :मन्त्री खनाल



काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

अधिकांश मन्त्रीहरुले आफूले कमाएको सम्पत्ति श्रीमतीको नाममा राखेको पाइएको छ । अकुत सम्पत्ति कमाएकाले कानुनबाट जोगिन श्रीमतीको नामा सम्पत्ति राखेर चोखिन खोजेको आशंका गरिएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले श्रीमतीको नाममा सम्पत्ति राख्नु स्वभाविक भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले श्रीमतीको नाममा देखिएको सम्पत्ति श्रीमतीकै पनि भएको बताए ।

मन्त्रीको सम्पत्तिभन्दा पनि कामलाई जनताले मूल्याङ्कन गर्नुपर्ने खनालको तर्क छ । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति सार्वजनिक गर्नु कर्तव्य भएको भन्दै उनले अनावश्यक शंका गर्न नहुने बताए ।

तर आवश्यकताअनुसार मन्त्रीहरुको पनि सम्पत्ति छानबीन हुनुपर्नेमा खनालले जोड दिए ।