माधव नेपाल भन्छन: मन्त्रीहरुलाई डण्डा लगाएर तह लगाउनुपर्छ
काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपाल वर्तमान सरकारमा सहभागी मन्त्रीहरुसँग नै फायर भएका छन् ।
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन् ।
काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई आज कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले भने,“सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्रीज्यू, डण्डा लगाएर तह लगाउनुस् ।