फोरम सरकारमा आउँदा पोखरेल र बास्कोटालाई चिट्ठा
काठमाडौं – सूचना तथा सञ्चार प्रविधिराज्यमन्त्री गोकुल बास्कोटाको बढुवा भएको छ । मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्न पाउने गरी राज्यमन्त्रीका रुपमा काम गर्दै आएका बास्कोटालाई बिहीबार मन्त्री नियुक्त गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमबाट उपेन्द्र यादवलाई उपप्रधानमन्त्री र मोहम्मद इस्तियाक राई मन्त्री बनाउने क्रममा बास्कोटालाई सञ्चार मन्त्रालय नै सम्हाल्ने गरी मन्त्री नियुक्त गरेका हुन् ।
त्यस्तै ईश्वर पोखरलेलाई पनि मन्त्रीबाट उपप्रधानमन्त्री बनाइएको छ । गत फागुन ३ गते गठित ओली मन्त्रिपरिषदमा बास्कोटा राज्यमन्त्री र पोखरेल रक्षामन्त्री थिए।