सामाजिक विकासमन्त्री सोडारी आउट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सामाजिक विकासमन्त्री सोडारी आउट



धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तमा परेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई मंगलबार दिउँसो बर्खास्त गरेका हुन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । मन्त्री सोडारीले पदअनुसारको आचरण नदेखाएको र पार्टीको निर्देशनअनुसार काम नगरेको भन्दै उहाँलाई बर्खास्त गरेको बताइएको छ । उनले विगतको विवादास्पद छविका कारण मन्त्री नियुक्त नगर्न तत्कालीन नेकपा एमालेका ७ नम्बर इन्चार्ज भीम रावलाई आग्रह गरिएको भएपनि उनले सोडारीलाई मन्त्री बनाउन निर्देशन दिएका थिए ।