२६ वर्षे युवा बने मन्त्री - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

२६ वर्षे युवा बने मन्त्री



मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्।

रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो। उनी मलेसियन युनाइटेड इन्डिजिनियस पार्टीका युवा प्रमुख पनि हुन्। मलेसियाको स्वतन्त्रतापछि सबैभन्दा कान्छो संघीय मन्त्रीको रूपमा उनले रेकर्ड बनाएका छन्।

कानुनमा स्नातकोत्तर गरेका रहमान विद्यार्थीकालमा एसियन ब्रिटिश संसदीय वादविवाद प्रतिस्पर्धामा तीन पटकसम्म एसियाकै सर्वोत्तम वक्ताको उपाधि जितेका थिए। राजनीतिमा लाग्न लागि २०१७ मा उनले अक्सफोर्ड युनिभर्सिटीको लाखौँ रकम बराबरको छात्रवृत्ति त्यागेका थिए।

छात्रवृति त्यागेको एक वर्षपछि उनी सांसद निर्वाचित भए। यसपटक पनि उनले सार्वजनिक नीतिमा स्नातकोत्तर गर्ने अक्सफोर्ड युनिभर्सिटीको अर्को छात्रवृत्ति त्यागे । उनी २०१६ देखि पार्टीको प्रवक्ताको भूमिकामा पनि छन्। मलेसियाको निर्वाचनबाट केही दिनअघि निर्वाचित प्रधानमन्त्री महाथिरले सरकार विस्तार गरेसँगै उनले मन्त्रीको जिम्मा पाएका हुन्।

मंगलबार पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकले पनि २५ वर्षकै उमेरमा उपमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। उनी सन् १९७८ मा ऊर्जा, दूरसञ्चार तथा पोस्ट उपमन्त्री भएका थिए।