मानसरोवरमा तीर्थयात्रीको बेहाल: ८ को मृत्यु, सयौं अलपत्र - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

मानसरोवरमा तीर्थयात्रीको बेहाल: ८ को मृत्यु, सयौं अलपत्र



सुर्खेत – कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं अलपत्र छन् ।

नेपाल-चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ । आजको कान्तिपुरमा खबर छ ।

भारतीय दूतावासको खर्चमा नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको थियो । शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रु अलपत्र परेका थिए ।