पत्रकारले मनलाग्दी गर्न पाइँदैन - मन्त्री बास्कोटा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

पत्रकारले मनलाग्दी गर्न पाइँदैन – मन्त्री बास्कोटा



नुवाकोट : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन लयाइएको बताएका छन्।

पे्रस संगठन नुवाकोटद्वारा आइतबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले अर्काको मानमर्दन हुने पत्रकारिताको विकास भएका कारण त्यसलाई नियमन गर्न सरकारले सन्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा प्रस्ताव गरेको बताए।

सत्य विषय उजागर गर्दा कोही पत्रकार अत्तिनु नपर्ने र सत्य समाचार जनतामाझ लैजाने पत्रकारलाई सरकारले अंकुश लगाएर जेल नपठाउने समेत मन्त्री बास्कोटाले बताए। इमान्दारितामा रहेका पत्रकारहरु प्रस्तावित मस्यौदावाट आत्तिनु नपर्ने मन्त्री बास्कोटाको भनाई छ।