अब म्यानपावरको धरौटी ६ करोड, यस्तो छ नयाँ व्यबस्था - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अब म्यानपावरको धरौटी ६ करोड, यस्तो छ नयाँ व्यबस्था



काठमाडौँ– सरकारले म्यानपावर कम्पनीको धरौटी ६ करोड रुपैयाँ पुुर्‍याउने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाउन लागिएको हो।

अब म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने छ। यही अनुसार ऐनको मस्यौदा तयार भैसकेको श्रोतले जनाएको छ।

हाल सञ्चालनमा रहेका म्यानपावर कम्पनीलाई मर्ज गर्न तीन महिनाको समय दिइने भएको छ । तीन महिनाभित्रमा मर्ज हुुने र नहुुने म्यानपावरले तीन महिनाभित्रमा ६ करोड धरौटी बुुझाउनुु पर्नेछ ।

यस्तै सरकारले वैदेशिक रोजगार सम्बन्धी मुद्दा हेर्ने व्यवस्था पनि जिल्ला तहबाटै गर्ने भएको छ । श्रोतले दिएको जानकारी अनुुसार अब जिल्ला प्रशासन कार्यालयमा बैदेशिक रोजगार सम्बन्धीका मुुद्दा दर्ता हुने छन् । यो ऐन कार्यन्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालयले नै मुद्दा हेर्ने र त्यहाँ टुुंगो लाग्न नसके मात्रै वैदेशिक रोजगार विभागमा पठाउने छ ।

ऐन परिमार्जनसँगै एजेन्टको व्यवस्था भने हट्ने छ । अव वैदेशिक रोजगारीमा एजेन्ट रहने छैनन् । तर म्यानपावर कम्पनीलाई भने देशमा र विदेशमा पनि शाखा कार्यालय खोल्न दिने भएको छ ।

विभिन्न चरणमा छलफल पछि संसदबाट ऐन पारित भएमा म्यानपावर कम्पनीको संख्या घट्ने छन् । म्यानपावर कम्पनी घटाउन धरौटी रकम बढाउनुु पर्ने केहि म्यानपावर सञ्चालकहरु नै लागेका थिए । धेरै जसोले भने धरौटी बढाउने निर्णयको विरोध गर्दै आएका छन् ।