म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन बर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दबीसहित उजुरी परेका छन् ।
महाशाखाको आर्थिक बर्ष २०७२/०७३, २०७३/०७४ तथा चालू अर्थिक बर्षको फागुनसम्म वैदेशिक रोजगारसम्बन्धी ८७ करोड ३४ लाख १९ हजार चार सय रुपैयाँ र कन्सल्टेन्सी ठगीसम्बन्धी तीन करोड ९१ लाख १५ हजार ६ सय बिगो दाबी सहितका उजुरी परेका हुन् ।
महाशाखामा आव २०७२/०७३ मा म्यानपावर मार्फत एक करोड ३० लाख ७४ हजार ठगी भएको बिगो दाबीसहित उजुरी परेको छ । आजकोनागरिक दैनिकमा यो समाचार छापिएको छ ।
आव २०७३/०७४ मा पाँच सय १३ उजुरी दर्ता भएका थिए । ६२ करोड ७७ लाख ४२ हजार एक सय ३१ रुपैयाँ बिगो दाबी सहित उजुरी दर्ता भएका थिए ।
चालू आवको पाmगुनसम्ममा एक सय २९ उजुरी दर्ता भएका छन् । उजुरीमा २३ करोड २६ लाख तीन हजार दुई सय ६३ रुपैयाँ बिगो दाबी गरिएको छ ।