म्यानपावरलाई कारबाही - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

म्यानपावरलाई कारबाही



काठमाडौं – साउदीमा ३८ जना नेपालीलाई अलपत्र पार्ने तीनजुरे र इम्पावरमेन्ट नामका म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।

आज विभागमा बोलाई ती कम्पनीको कारोबार रोक्का गर्दै तत्काल उद्धार गर्न निर्देशन समेत दिएको छ ।  उता अलपत्र ३८ मध्ये १६ जना त्यहाँस्थित दूतावासको सम्पर्कमा पुगेका छन् । उनीहरुको तत्कालको खाने तथा बस्ने व्यवस्थाका लागि एनआरएन साउदीले पहल गरेको छ ।

हिजो मात्रै विभागले पीडितका आफन्तहरुसँग छलफल गरेको थियो । साउदीमा ३८ जना नेपाली अलपत्र परेको खवर सार्वजनिक भएसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल उद्धारको पहल गर्न सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाही गर्न विभागलाई निर्देशन दिएका थिए ।